पोखराबाट जनवादी कलाकारहरुको नेताहरूलाई एकतामा समाहित हुन आग्रह

पाेखरा | चैत २९, २०७९

पोखराबाट जनवादी कलाकारहरुको नेताहरूलाई एकतामा समाहित हुन आग्रह

गण्डकी:  

टुटफुट र खण्डित कुरा नगर...

‘टुटफुट र खण्डित कुरा नगर

आत्मसर्मणको कुरा नगर

एकढिक्का एकताको कुरा गर 

वीरताको कुरा गर..’


टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन् । समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन् ।


‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’अन्तर्गत मङ्गलबार पोखरामा आयोजित साङ्गीतिक प्रस्तुतिमा कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गतिमाथि खबरदारी गरे । क्रान्तिका लागि सँगै लडेका कम्युनिष्ट एकापसमा विभक्त भएकामा चिन्ता पोखे । न्याय, मुक्ति र समानताका पक्षमा स्वर मिलाए । सर्वहारा वर्गका दुःख, वेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए ।


गायक कर्ण विद्रोहीको रचना, सङ्गीत र स्वर रहेको ‘टुटफुट र खण्डित कुरा नगर।।।’ गीत सबैले एकै स्वरमा गाए । गायक जीवन शर्माको ‘यो रातो लालटिन, हाम्रो रातो लालटिन।।।’ लाई पनि कलाकारले सामूहिकरूपमा प्रस्तुत गरे ।


गायक शर्माले आफ्ना लोकप्रिय गीत ‘सिमली छायाँमा’, ‘झरनाको चिसो पानी’, ‘चाहिँदैन मलाई’लगायत सुनाउनुभयो । गायक मोहित श्रेष्ठले ‘प्यारो जलजला’, गायिका निलीमा पुनले ‘लेख्दैछु चिठ्ठी तिमीलाई’ तथा गायक उदय श्रेष्ठले श्याम तमोटद्वारा रचित ‘पहाडका कुरा भए’ प्रस्तुत गर्नुभयो ।


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रचना गर्नुभएको गीत ‘जनताको काखैमा बसेर’लाई गायक चिरन पुनले गाउनुभयो । गायिका अनु शर्मा, काजी गाउँलेलगायतले पनि गीत सुनाउनुभयो । पोखरास्थित सङ्गम सांस्कृतिक मञ्चका कलाकारले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरे ।


व्यवस्था फेर्न जनताले ठूलो बलिदानीपूर्ण सङ्घर्ष गरे पनि अवस्था उस्तै रहेकाले अहिले पनि परिवर्तनका गीत गाउँदै हिँड्नुपरिरहेको गायक शर्माले बताउनुभयो । “हामीले भनेजस्तो अझै भएको छैन”, उहाँले भन्नुभयो, “समाजमा अहिले पनि विभेद छ, शोषण छ, त्यसैले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको हो ।”


राष्ट्रिय एकताको पक्षमा आवाज बुलन्द गर्दै जनजागरण सिर्जना गर्न देशव्यापीरूपमा सङ्गीत अभियात्रा थालिएको गायक शर्माले बताउनुभयो । सो अभियानमा २२ कलाकार सहभागी छन् । उक्त साङ्गीतिक समूहमा सङ्गीतकर्मी मणिचन्द्र थापा, उदय श्रेष्ठ, माधव प्रधान, कुस्मिता दर्लामी, टेक बलम्पाकी, उदय रिजाल, लक्ष्मण पाख्रिन, नारायण शर्मा, कविता पुन, सन्ध्या मगरलगायत रहनुभएको छ ।


अभियात्राको दशौँ कार्यक्रम पोखरामा सम्पन्न भएको गायक विद्रोहीले बताउनुभयो । कार्यक्रमको स्थानीय व्यवस्थापन र समन्वयमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानलगायत सङ्घसंस्थाले सघाएका थिए । पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति थियो । यही चैत ४ गते धनगढीबाट सुरु भएको सङ्गीत अभियात्राअन्तर्गत सातै प्रदेशका राजधानीसहित ठूला सहरमा कार्यक्रम केन्द्रित गरिएको हो । आगामी वैशाख ५ गते काठमाडौँमा कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुको उपस्थितिमा साङ्गीतिक अभियान समापन गरिने बताइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्